प्रतिनिधि र प्रदेश सभा निर्वाचन : मनोनयन पत्र दर्ता भोलि

जनकपुरधाम । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि भोलि (आइतबार) प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता गर्ने भएको छ।

मनोनयन पत्र दर्ताका लागि बिहान १० बजेदेखि सॅाझ ५ बजेसम्म समय निर्धारण गरिएको छ । मनोनयन पत्र दर्ता गराउँदा उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि आवश्यक पर्नेछ।

यसैगरी मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्नेछ। दलको उम्मेदवारको हकमा दफा १८ बमोजिमको औपचारिक पत्र (प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ७ बमोजिम) र धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर हुनुपर्ने आयोगले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780