काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभातर्फ केही उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस संसदीय बोर्डको बैठकले पार्टी सभापति शेरबहादुर देउवालगायतका उम्मेदवार टुंगो लगाएको हो ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले डडेल्धुराबाट टिकट पाएका छन् भने दिलेन्द्र बडू दार्चुला, बद्रीप्रसाद पाण्डे बाजुरा, पुष्प शाह अछामबाट टिकट पाएका छन् ।
त्यस्तै, ऐनबहादुर शाही मुगु, टेकप्रसाद गुरुङ मनाङ, सीता गुरुङ तेह्रथुम लगायतका उम्मेदवार टुंगो लगाइएको कांग्रेसले जनाएको छ ।