एमाले–जसपाबीच आंशिक भागबण्डा : जसपाले प्रतिनिधि सभामा १७ र प्रदेश सभामा ४२ सिट पाउने

राजविराज, २१ असोज । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच आंशिक चुनावी तालमेलको सहमति भएको छ ।

सहमतिअनुसार जसपाले प्रतिनिधि सभातर्फ १७ सिट र प्रदेश सभातर्फ ४२ सिट पाउने छ । प्रदेश २ का ३२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये एमाले र जसपाले १४/१४ स्थानमा तालमेलको सहमति भएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।

त्यस्तै, रुपन्देही, कैलाली, मोरङ र सुनसरी गरी जसपाले थप ४ सिटमा एमालेको साथ पाउने छ । समग्रमा उसले प्रतिनिधि सभातर्फ १७ स्थानमा एमालेसँग तालमेल गरेको छ । एमालेले भने प्रदेश २ का जिल्लाबाहेक नवलपरासी पश्चिम, रुपन्देही, कैलाली, मोरङ र सुनसरीमा पनि जसपाको साथ पाउने छ। प्रदेश २ का १४ र बाँकी जिल्लाका २१ स्थानमा जसपासँग तालमेल गरेको छ ।

तालमेल बाहेकका निर्वाचन क्षेत्रहरुमा दुवै पार्टीले उम्मेदवारी दिनसक्ने सहमति भएको छ भने दुवै पार्टीको सहकार्य निर्वाचन पछि पनि निरन्तर रहने सहमति भएको जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780