जसपाले टुंग्यायो उम्मेदवार, उपेन्द्र सप्तरी–२ बाट लड्ने

राजविराज-जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मधेश प्रदेशमा केही उम्मेदवार टुंगो लगाएको छ ।

पार्टीका प्रवक्ता मनिषकुमार सुमनले मधेशलाइभलाई दिएको जानकारीअनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव लगायतका उम्मेदवारहरु टुंगो लगाएको हो । अध्यक्ष यादवलाई सप्तरी–२ बाट टिकट पाएका छन् ।

त्यस्तै, सिरहा–२ मा राजकिशोर यादव, ४ मा विरेन्द्र महतो, धनुषा–१ मा दीपक कार्की, २ मा गंगाराम यादवले टिकट पाएका छन् । त्यस्तै, धनुषा–४ मा महाजन यादव, सर्लाही–१ मा प्रमोद साह, ४ मा राकेश मिश्रले टिकट पाएका छन् । मिश्र यस अघि लोसपामा आवद्ध थिए ।

लोसपाले उनलाई टिकट नदिने भएपछि उनी जसपाबाट टिकट पाएका छन् । त्यस्तै, बारा–२ मा राम सहाय प्रसाद यादव, ३ मा रामबाबु कुमार यादव, पर्सा–१ मा प्रदिप यादव, २ मा सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस