डा.राउतको दावी– निर्वाचनबाट जनमत हासिल गर्छौं

राजविराज – जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले निर्वाचनबाट जनमत हासिल गर्ने दावी गरेका छन् । सप्तरीको राजविराजमा आइतवार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘भ्रष्टाचारलाई विरोध गर्ने एक मात्र पार्टी जनमत हो, अख्तियारको कार्यालय घेराउदेखि भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ भनेर विरोध गर्ने पनि हामी नै हो’ उनले भने, ‘त्यसैले हामी भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भने दिशामा अघि बढेका छौं ।’

सुशासन कायम हुनुपर्छ भनेर अघि बढेकाले जनता विश्वास गरेर मत दिने कुरा ढुक्क रहेको अध्यक्ष राउतको कथन छ ।
अध्यक्ष राउतले सप्तरी निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780