जसपा मधेस प्रदेश अध्यक्षका रामबाबुले बारा–३ मा दिए उम्मेदवारी

जनकपुरधाम । बारा निर्वाचन क्षेत्र नं ३ मा जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले उम्मेदवारी दिएका छन् । यादवले बारा–३ मा एमालेबाट ज्वाला साहले दावी नछोडेपछि मित्रवत प्रतिष्पर्धा गर्ने सहमति अनुसार जसपाबाट उम्मेदवारी दिएका हुन् । यादव २०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।

आसन्न निर्वाचनमा निवर्तमान संघीय सांसद यादव, एमाले पोलिटब्युरो सदस्य साह र सत्तारुढ गठबन्धनको तर्फबाट प्रमोद गुप्ताबीच प्रतिष्पर्धा हुने भएको छ । बाराको ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र मध्ये बारा–३ मा संघ र प्रदेश दुवैमा एमाले–लोसपा गठबन्धन नहुने र मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस