भ्रष्टाचार अभियोगमा सप्तरीका यादव र देवलाई चार महिना कैद सजाय

राजविराज । सप्तरीस्थित साबिक त्रिलोक गाविस ४ मा पर्ने राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापकलाई विशेष अदालतले ४ महिना कैदको सजाय सुनाएको छ। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले यस्तो फैसला गरेको हो।

अख्तियारले उक्त विद्यालयका प्रधानाध्यापकद्वय तेजनारायण यादव र चक्रधरप्रसाद देवलाई भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाई ९ माघ २०७५ मा मुद्दा दायर गरेको थियो।

तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेदी यादव र शिक्षक चन्द्रनारायण यादवमाथि पनि भ्रष्टाचार मुद्दा दायर भएको थियो। यसको फैसला गर्दै सोमबार विशेषले तेजनारायणलाई दोषी पाएको हो। उनले आर्थिक वर्ष ०६६-६७ मा विद्यालय भवन निर्माणमा अनियमिता गरेको पुष्टि भएपछि सजाय तोकिएको छ।

तेजनारायणलाई विशेषले ४ महिना कैद सजाय तोक्न आदेश दिएको छ। साथै, ५१ हजार दुई सय रुपैयाँ जरिवाना तथा सोहीबराबर बिगो असुलउपर गर्ने फैसला गरेको छ। विशेषका अनुसार अन्यले सफाइ पाएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस