आज साँझ खग्रास चन्द्रग्रहण, एक घन्टा २३ मिनेट लाग्दै

जनकपुरधाम – आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मंगलबार साँझ ५ बजेर ११ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रहण लागेर उदय हुने भएकाले मंगलबारको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले ग्रहणले पूरै चन्द्रमा ढाक्ने जनाएको छ । साँझ ६ बजेर ३४ मिनेट जाँदा ग्रहण पूरै सकिने छ । नेपालबाट कुल १ घन्टा २३ मिनेट ग्रहण देखिने बताइएको छ ।

सामान्यतः ग्रहण लाग्नु नौ घण्टा अघिदेखि नै सुतक लाग्ने भएकाले शास्त्रीय मान्यता पछ्याउनेहरुले आज बिहान ८ बजेर ११ मिनेटपछि भोजन गर्न नहुने जनाइएको छ । तर, बालबालिका, वृद्धवृद्धा, बिरामी र अप्ठेरो अवस्था हुनेहरुलाई भने त्यसको प्रदोष नलाग्ने पनि शास्त्रीय ब्याख्या रहेको छ । सुतक अवधिभर बार्नेहरुले ग्रहण सकिएपछि मात्र भोजन गर्नु उपयुक्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780