रौतहट–३ मा प्रभु साहको अग्रता

रौतहट – रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रभु साहले अग्रता कायम गरेका छन्। उनी नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश अग्रवालले पछ्याइरहेका छन्। पछिल्लो मत परिणामअनुसार साहले ३ हजार ९५४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अग्रबालले माछा छापमा २ हजार ५६१ मत प्राप्त गरेका छन्।

साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार रवीन्द्र पटेलले १ हजार ३५३ मत प्राप्त गरेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस