चितवन २ मा रवि लामिछानेको अग्रता

जनकपुरधाम – चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले ४ हजार ७ मत पाएका छन् ।

एमालेका कृष्णभक्त पोखरेल ३८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् । सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढ्ने बताइन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस