सप्तरी–२ : मत पेटिकाको सिल नम्बर फरक रहेको आशंका, मतगणना रोकियो

राजविराज – सप्तरी क्षेत्र नम्बर २ को मत पेटिकाको सिल नम्बर फरक रहेको आशंका भएपछि मतगणना कार्य रोकिएको छ ।

मंगलबार साँझ सवा ९ बजेतिर मत पेटिकाको सिल नम्बर फरक देखिएको दलका प्रतिनिधिहरुको आरोप छ । पेटिकाको सिल नम्बर मिलाउन पटक पटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीका दिनेश यादवले जानकारी दिए ।

सिल नम्बर मिलाउन नमानेपछि नेकपा माओवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहितका दल आवद्ध नेता कार्यकर्ताले अहिले मतगणनास्थल अगाडि प्रदर्शन गरिरहेका छन् । नम्बर मिलाएपछि मात्रै गणना सुरु गर्न उनीहरूको माग छ । उता सिडिओ भुपेन्द्र थापाले तत्काललाई मतगणना कार्य रोकेर बुझ्ने कार्य भईरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस