सप्तरी–२ : रोकिएको मतगणना कार्य पुनः सुचारु

राजविराज – मत पेटिकाको सिल नम्बर फरक पाइएको आशंकापछि विवाद भएर रोकिएको सप्तरी क्षेत्र नम्बर २ को मतगणना कार्य पुनः सुचारु भएको छ ।

दलका प्रतिनिधिलाई आशंका रहेको कुरा स्पष्ट पारेर बुधवार विहानबाट पुनः मतगणना कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी कुमार मास्केले जानकारी दिए ।

‘५० औं मतपेटिकामा खसेको मतको गणना कार्य थालिएको छ’ उनले भने, ‘अब २३ वटा मतपेटिका बाँकी छन्, १२/१ बजेसम्म अन्तिम नजिता आइसक्नेछ ।’

मंगलबार साँझ सवा ९ बजेतिर मतगणना कार्य जारी रहँदा मत पेटिकाको सिल नम्बर फरक देखिएको भन्दै दलका प्रतिनिधिहरुले प्रदर्शन गरेपछि मतगणना कार्य रोकिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस