प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी

डडेल्धुरा – डडेल्धुराबाट प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गरेका छन् । योसँगै उनी यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी भएका हुन् ।

कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति देउवाले २५ हजार पाँच सय ३४ मत प्राप्त गरी विजयी गरेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् ।

विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट विजयी हुनु भएका उनी २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा विजयी भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस