सप्तरी–३ (ख) मा पनि जनमतकै जित

राजविराज–सप्तरी क्षेत्र नम्वर ३ (ख) मा पनि जनमत पार्टीले जितेको छ । जनमतका उम्मेदवार शम्भुकुमार साहले ४८ मतान्तरले विजयी भएका हुन् ।

साहले १० हजार ८६२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विदेश्वर प्रसाद यादवले १० हजार ८१४ मत ल्याएका हुन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भगवती प्रसाद यादवले ९ हजार २०१ मत प्राप्त गरेका छन् । यसअघि सप्तरी–२ (क) र (ख) मा पनि जनमत पार्टीले नै जितेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस