धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

जनकपुरधाम – धनुषामा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । आइतबार राति घरमा सुतिरहेको अवस्थामा बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरस्थ्ति काव्या हस्पिटल ल्याइएको थियो । उपचारको क्रममा रितादेवीको मृत्यु भएको र्इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

बिहान चार बजेतिर ३–४ जनाको समूहमा आएका नकावधारी समूहले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको उनका श्रीमान् वीरेन्द्र यादवले प्रहरीलाई वयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस