के मेरो इज्जत प्रतिष्ठासँग खेडबाड गर्नु ठिक वा न्यायोचित्त हो ? : कर्मचारी

राजविराज – गाउँपालिका अध्यक्षसँग फोटो जोडेर सामाजिक सञ्जालमा इज्जत प्रतिष्ठासँग खेलबाड भएको भन्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकामा कार्यरत प्रतिभा यादवले न्यायमा पहलको लागि सबै पक्षसँग आग्रह गरेकी छन् ।

उनले विज्ञप्ति जारी गर्दै सो घटनाले आफु विक्षिप्त भएको र मानसिक तनावमा रहेको बताएकी हुन् । ‘म गाउँपालिकामा कार्यरत कर्मचारी हुँ । हालै मेरो र हाम्रो गाउँपालिकाको अध्यक्ष ज्यूको फोटो जोडेर सामािजक सञ्जालमार्फत सार्वजनिक गरिएको घटनाप्रति ध्यानाकर्षण भएर यो प्रेस विज्ञप्ति जारी गर्दछु’ विज्ञप्तिमा भनिएको छ, ‘म यहीँ समाजको छोरी चेली पनि हुँ । के मेरो इज्जत प्रतिष्ठासँग खेलबाड गर्नु ठिक हो?, न्यायोचित्त हो ?’

उनले आफ्ना परिवारका अन्य सदस्य र गाउँपालिका अध्यक्ष सामूहिक रुपमै बाबाधाम (तीर्थयात्रा) जाने बेलामा खिचिएको सो तस्बिर इमेल ह्याक गरेर इडिटिङ गरी सामाजिक सञ्जालमा पोष्ट गरिएको उल्लेख गरेकी छन् । ‘मेरो कुनै किसिमको स्वीकृति नलिई, मसँग कुनै किसिमको सोधपुछ नगरी विभिन्न सामाजिक सञ्जाल र सामाचारमा सार्वजनिक गरिनुले ममाथि घोर अन्याय भएको छ । यस किसिमको घटनाले म विक्षिप्त भएको छु । मानसिक तनाबमा छु ।’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तो कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउन साइबर क्राइम ब्यूरोमा निवेदन दिएर उपचार खोज्ने काममा लागेको जानकारी गराउँदै उनले न्यायमा पहलको लागि सबै पक्षसँग आग्रह गरेकी हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780