जनकपुरधाम – जयनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको रेलले कुल्चिँदा एक जनाको मृत्यु भएको छ।
बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका–२ राघोपुरका ३४ वर्षीय पुरण सदाको दुर्घटनामा मृत्यु भएको हो ।
बुधबार बिहान ९ बजेर २० मिनेटमा वैदेही रेल स्टेसनबाट जनकपुरधामतर्फ आउन लागेको रेलले किचिएर सदाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।