सीके राउतले मधेशमा जातीय हिंसा भड्काउन खोजे : माओवादी नेता उमेश

राजविराज – नेकपा (माओवादी केन्द्र)का नेता उमेशकुमार यादवले जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउतले मधेशमा जातीय हिंसा भड्काउन खोजेको भन्दै त्यसको फल उनले पनि चाख्नुपर्ने चेतावनी दिएका छन् ।

राउतले बुधबार बारामा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरी आपत्तिजनक टिप्पणी गरेपछि पूर्वमन्त्री समेत रहेका नेता उमेशले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् ।

‘डा. राउतलाई निर्वाचनमा जिताउन कुन–कुन विदेशी शक्ति कसरी क्रियाशिल थियो भन्ने कुरा सप्तरीवासीलाई थाहा छ । हो, उहाँ मधेसमा देशभित्र र बाहिरका शक्तिको आडमा जुन जातीय हिंसा मच्चाउन खोज्दै हुनुहुन्छ, त्यसको फल ढिलोचाँडो उहाँले पनि चाख्नुपर्ने हुन्छ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

वर्तमान गठबन्धनमा माओवादीले उपराष्ट्रपति त्यागेको भन्दै नेता यादवले राउतले गरेको टिप्पणी गैर राजनैतिक र खेदजनक रहेको स्पष्ट गरे । ‘उहाँको दिशाविहिन र दरिद्र मानसिकताले संस्कारहीन राजनीतिकलाई मलजल गर्ने र अफवाहपूर्ण प्रचार युद्धबाट जे पनि गर्न सकिन्छ भन्ने गलत मान्यता स्थापित गर्न खोज्दै छ ।’ उनले लेखेका छन् ।

उनले महान जनयुद्ध, ऐतिहासिक जन आन्दोलन, मधेस आन्दोलन लगायतका कुनै पनि आन्दोलनमा कुनै किसिमको भुमिका नभएको राउतको उदण्ड भाषा महत्वहीन रहेको बताए । ‘नेपालको संविधान अनुसार योग्यता पुगेको नेपाली नागरिक देशको जुनसुकै निर्वाचन क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने कुरा डाक्टर साहेवलाई थाहा हुनुपर्ने हो ?’, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

हेर्नुहोस् स्टाट्सः

भारतको संविधान निर्माता आदरणीय अम्बेडकर जी, भारतको शिर्ष नेता आदरणीय वाजपेयी जी, आदरणीय शरद यादव जीहरु आफ्नो पैत्रिक घर भएको राज्य भन्दा अर्को राज्यमा गएर चुनावमा भाग लिनु भएर जित–हार ब्योहोर्नु भएको छ । भारतीय प्रधानमन्त्री आदरणीय मोदी जी समेत उतर प्रदेशबाट निर्वाचित हुनुभएको छ भने उतराखण्ड पैत्रिक घर भएको आदरणीय योगी जी उतर प्रदेशको मुख्य मन्त्री हुनुहुन्छ ।

हाम्रो देशको प्रधानमन्त्री, बर्तमान राजनैतिक परिवर्तनको मुख्य नेता, नेकपा (माओवादी केन्द्र) को आदरणीय अध्यक्ष कमरेड प्रचण्ड जी रोल्पा, काठमाडौं, सिरहा, चितवन र गोर्खा जस्तो महत्वपूर्ण जिल्लाबाट निर्वाचित हुनुभएको बर्तमान साक्षी छ । पुर्व प्रधानमन्त्री, नेपाली काङ्ग्रेसको नेता, आदरणीय स्व. कृष्ण प्रसाद भट्टराई पर्साबाट, मधेशको नेता आदरणीय श्री राजेन्द्र महतो ज्यु धनुषाबाट प्रतिनिधित्व गर्नुभएको इतिहास साक्षी छ ।

उपरोक्त कुनै ठाउँहरुमा कोही नभएर हो त ? महान जनयुद्ध, एतिहासिक जन आन्दोलन, मधेस आन्दोलन लगायतका कुनै पनि आन्दोलनमा कुनै किसिमको भुमिका नभएको माननीय ज्युको उदण्ड भाषा महत्वहीन छ । नेपालको संविधान अनुसार योग्यता पुगेको नेपाली नागरिक देशको जुनसुकै निर्वाचन क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने कुरा डाक्टर साहेवलाई थाहा हुनुपर्ने हो?

भारतको निर्वाचनमा समाजवादी नेता एवम् एक आदर्श व्यक्तित्व आदरणीय डाक्टर लोहिया जी निर्वाचनमा पराजित हुँदा पनि भारतीय तत्कालीन प्रधानमन्त्री आदरणीय नेहरु जी उहाँको उपस्तिथिलाई महत्व दिएर प्रतिनिधित्व गराउनु हुन्थ्यो भने नेपालमा पहिलो संविधानसभामा पराजित हुँदा आदरणीय कमरेड माधवकुमार नेपालको महत्वपूर्ण उपस्थितिलाई ख्याल गरेर बर्तमान प्रधानमन्त्री तथा हाम्रो अध्यक्ष कमरेड प्रचण्ड जीले जोडवल गरेर संविधानसभामा उहाँलाई स्वागत गर्नुभएको इतिहास साक्षी छ ।

बर्तमान गठबन्धनमा माओवादीले उपराष्ट्रपति त्यागेको हो । हिजो माननीय श्री सिके राउतले जसपा अध्यक्ष श्री उपेन्द्र यादवलाई लक्षित गरेर बारामा व्यक्त गर्नुभएको टिप्पणी गैर राजनैतिक र खेदजनक छ । उहाँको दिशाविहिन र दरिद्र मानसिकताले संस्कारहीन राजनैतिकलाई मलजल गर्ने र अफवाहपुर्ण प्रचार युद्धबाट जे पनि गर्न सकिन्छ भन्ने गलत मान्यता स्थापित गर्न खोज्दै छ ।

डाक्टर राउतलाई निर्वाचनमा जिताउन कुन कुन बिदेशी शक्ति कसरी कृयाशिल थियो भन्ने कुरा सप्तरीवासीलाई थाहा छ । हो,उहाँ मधेशमा देशभित्र र बाहिरका शक्तिको आडमा जुन जातीय हिंसा मच्चाउन खोज्दै हुनुहुन्छ, त्यसको फल ढिलोचाँडो उहाँले पनि चाख्नुपर्ने हुन्छ ।

माननीय जी, आपका फिदरत देखकर लगता है कि आपका दौलत नयी नयी है !

Author:



क्याटोगरी छान्‍नुहोस