जनकपुरधाम – सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक कुँवरलाई महानिरीक्षक नियुक्त गरेको हो ।
यससँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बनेका छन् ।