सरकारले कोशी नामकरणबारे छानबिन समिति बनाउने

काठमाडौं – सरकारले कोशी प्रदेश नामकरण विवादपछि यही चैत ५ गते भएको घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

छलफलमा कोशी प्रदेश नामकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले चैत ५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउन निर्देशन दिएको सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए ।

कोशी नामकरणविरुद्धमा गत चैत ५ गते भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको लाठी प्रहारबाट पदम लिम्बु लाजेहाङको मृत्यु भएको थियो । लाठी प्रहारबाट गम्भीर घाइते लिम्बुको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । आन्दोलनकारीहरुले मृतक पदम लिम्बूलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस