सप्तरीमा इँटा भट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, दुई जना घाइते

राजविराज — सप्तरीको रुपनी गाउँपालिका–२ पिपराहीस्थित मंगलबार इँटा भट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जेएसआर इँटा भट्टाको पुर्वतर्फको पर्खाल भत्किदा पर्खाल भत्किँदा इँट्टामा कार्यरत भारतको पश्चिम बंगाल राज्यको कुच विहारका ४५ वर्षीय अजिम अजीमको मृत्यु भएको हो । पर्खाल भत्किँदा घाइते भएका अजिमलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो ।

चेकजाँचपछि चिकित्सकले अजिमलाई मृत घोषित गरेका थिए । त्यस्तै, पर्खाल भत्किँदा मृतक अजिमकी २७ वर्षीया श्रीमती मुजिना बिबी र सोही ठाउँका २५ वर्षीय जियारुल हक घाइते भएका छन् ।

दुवै जनाको उपचार गजेन्द्र नारायण सिंह अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस