काठमाडौँ । एकीकृत समाजवादीले तीन वटा मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि यस्तो निर्णय गरेको हो ।
मन्त्रालयका प्रबक्ता जगन्नाथ खतिवडाले भने, ‘हामीले भनेझैँ तीन मन्त्रालय पाइसकेका छैनौँ । मन्त्रालयको पनि टुङ्गो लागेको छैन । हामी कुनै पनि बेलामा निर्णय गर्ने गरी प्रधानमन्त्रीको उत्तरको पर्खाइमा छौँ । नामहरू सबै छन् । तीन मन्त्रालय पाएपछि कुन नाम कसरी दिने भन्ने तयार नै छौँ । अनुमान गरेको नाम नै धेरै मिल्न सक्छ । तर, तीन मन्त्रालय नदिएसम्म हामी नाम खुलाउँदैनौँ ।’