राजविराजको यम्मी स्वीटको ‘मःम’ मा किरा !

राजविराज, १ वैशाख । सप्तरी सदरमुकाम राजविराज–३ स्थित सञ्चालित यम्मी स्वीट एण्ड बेकरी उद्योगको ‘मःम’मा किरा भेटिएको छ । शुक्रवार दिउँसो नास्ता खान पुगेका एक उपभोक्ताको मःममा किरा भेटिएको हो ।

‘आधा खेलाक बाद चमचेमे पिलुवा आविगेल, तब मात्रे थाहा भेल’ (आधा खाइसकेपछि चम्चामा किरा देखेँ अनि मात्र थाहा भयो) १२ वर्षीय ती बालकले भने, ‘अहिसँ पहिने शायद पिलुओ खा’लेने हेबै ।’ (यसअघि शायद किरा पनि खाइसके होला ।)

ती यम्मी स्वीट एण्ड बेकरी उद्योगले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने गरेको कुरा नयाँ विषय होइन । यसअघि गत भदौ २ गते पनि संयुक्त बजार अनुगमन टोलीले अनुगमन गर्दा सो उद्योगमा ‘टिपोन’बढी भएको (विग्रेको) खाने तेल प्रयोग गरिरहेको पाइएको थियो । सो बेला ती उद्योगको बिग्रेको ५ लिटर खाने तेल अनुगमन टोलीले ‘अन द स्पट’ तेल नष्ट गरेता पनि कारबाही प्रक्रिया भने अघि बढाएन ।

हरेक पटक बजार अनुगमन टोलीले अखाद्य वस्तु फेला पार्दा पनि व्यवसायीहरुलाई सचेत मात्र गराइने गरेकोले व्यवसायीले उपभोक्ताको हकहिततर्फ गम्भीरता नदेखाएको उपभोक्ताहरुको गुनासो छ । तत्काल सो उद्योगको अनुगमन गरी कारबाही गर्न उपभोक्ताको माग छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले त्यस्तो पाइएको खण्डमा अखाद्य वस्तुको बिक्री र कालोबजारी गर्नेलाई उपभोक्ता ऐन बमोजिम कारबाही हुने बताए ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले त्यस्तो पाइए कारबाही गर्ने बताएका छन् । ‘हामी अनुगमान गछौं नै, उपभोक्ताबाट जिल्ला प्रशासन कार्यालयमा त्यस्तो कुनै उजुरी आए हामी कारबाही गछौं’, उनले मधेशलाइभसँग भने ।

उता, यम्मी स्वीट एण्ड बेकरी उद्योगकी सञ्चालक डेजिकुमारी देव चौधरीले कामदारबाट गलती भएको स्वीकार गरे तापनि कामदारलाई सचेत भने गराइन । उल्टै उपभोक्ताको हातबाट किरा भएको चम्चा खोसेर मःम बाहिर फालिन् र मोबाइल झिकेर भिडिओ रेकर्डिङ थालिन । ‘गलती भएको होला, तपाईको मःम चेन्ज गरिदिन्छौं’, उनले भनिन् ।

यो पनिः

स्वास्थ्यसँग खेलबाड गर्ने राजविराजका यी मिठाइ पसल !

Author:



क्याटोगरी छान्‍नुहोस