पालिका अध्यक्षको शिक्षकसँग आग्रह– कन्जुस्याइँ नगरी अध्ययापन कार्यमा लाग्नुस्

राजविराज – सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले कन्जुस्याइँ नगरी इमानदारीतापूर्वक अध्ययापन कार्यमा लाग्न शिक्षक–शिक्षिकाहरुलाई आग्रह गरेका छन् । सोमबार श्री पब्लिक माध्यमिक विद्यालय लौनियाँ, तिलाठीमा अनुगमन गर्दै अध्यक्ष मण्डलले यस्तो आग्रह गरेका हुन् ।

कक्षा सञ्चालन, पठनपाठन, शिक्षक–शिक्षिकाहरुद्वारा गराइएको सिकाईलगायतका विषयमा विद्यार्थीसँग जानकारी लिँदै, अध्यक्ष मण्डलले भने–‘कक्षा कोठामा विद्यार्थीहरुको चाप बढी भएकोले छिट्टै शिक्षक व्यवस्था गर्ने प्रक्रियामा रहेकोले कक्षा व्यवस्थापन, कम्प्युटर कक्षा सञ्चालन, विज्ञान प्रयोगशाला लगायतका आवश्यक कार्यहरु गरिनेछ ।’

विद्यालयको व्यवस्थापन, शिक्षक–शिक्षिकाहरुले गरेको मिहिनेतलाई गाउँपालिका अध्यक्ष मण्डलले प्रशंसा समेत गरे । विद्यालयका प्रधानाध्यापक प्रभाष कुमार झाले हाल पठनपाठन राम्रै रहेपनि उत्कृष्ट बनाउनतर्फ अग्रसरताका साथ लागेर अघि बढेको बताए ।

कक्षा १ देखि १२ सम्म रहेको उक्त विद्यालयमा करिब १ हजार भन्दा छात्रछात्राहरु अध्ययनरत रहेको प्रधानाध्यापक झाले जानकारी दिए । वडा नम्वर २ का वडा अध्यक्ष कमलकुमार मण्डलको अगुवाइमा गरिएको अनुगमनमा वडा नम्वर १ का वडा अध्यक्ष दिनेश्वर मिश्र लगायतको सहभागीता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस