वरिष्ठ पत्रकार नेपालीको निधनले मधेशले एक सच्चा मार्गदर्शक गुमाएका छौं : मन्त्री यादव

राजविराज – मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेशकुमार यादवले राष्ट्रिय स्तरमा पहिचान स्थापित गरेका वरिष्ठ पत्रकार एवम् वरिष्ठ प्रजातन्त्र सेनानी राजेश्वर नेपालीको निधनले मर्माहत तुल्याएको बताएका छन् ।

उनले मंगलबार समवेदना–पत्र जारी गर्दै वरिष्ठ पत्रकार नेपालीको निधनले मधेशले एक सच्चा मार्गदर्शक गुमाएको भन्दै दुःख व्यक्त गरे ।

‘निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध नेपालीजीको प्रजातन्त्रका लागि संघर्ष असाधारण छ । विभेदमा परेका मधेशीहरुसँग भएका भेदभाव र अन्याय विरुद्ध समेत उहाँले अग्र पंक्तिमा रहेर आवास बताउनुभयो ।’, समवेदना पत्रमा उल्लेख छ ।

मन्त्री यादवले नेपाली प्रति हार्दिक श्रद्धाञ्जली एवम् समवेदना व्यक्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस