एमसीसी परियोजना आजबाट कार्यान्वयनमा आउने

काठमाडौँअमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आजबाट कार्यान्वयनमा आउने भएको आजदिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा विशेष कार्यक्रम गरी एमसिसी कार्यान्वयनमा आएको घोषणा गरिनेछ।

अर्थमन्त्री डा. प्रकाशशरण महत एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्डबीचलेटर अफ एक्सचेन्जहुने मिलेनियम च्यालेञ्जएकाउण्ट नेपाल (एमसीएनेपाल)ले जनाएको

उक्त कार्यक्रमका लागि एमसिसीका सम्झौता कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून हिजो नै काठमाडौं आइसकेका छन्

एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ। यसमा नेपालले १३ करोड डलर थपगरेको छ।

यो सहयोगले काठमाडौंको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म सय केभी क्षमताको विद्युत्प्रसारणलाइन सवस्टेशनहरु निर्माण हुनेछन्।

यसमा कपिलवस्तुको धानखोलाबाट दाङ बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नतीको काम पनि समेटिएको छ।

यो परियोजनाको विषयमा विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहितएमसीसीलाई अनुमोदन गरेको थियो। नेपालको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकारेको छ।

एमसीसी अन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ।

Author:



क्याटोगरी छान्‍नुहोस