बोदे बरसाईनका मेयर, निमित्त प्रमुख प्रशासकीयसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राजविराजअख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार सप्तरीको बोदे बरसाईन नगरपालिकाका मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मेयर आतेश कुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्यामयादव वडा अध्यक्ष सहित जना विरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो

नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमकालागि बजेट विनियोजन भई उक्त नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी वडा नम्बर फुलकाहीमा कार्यक्रमसञ्चालन गरेकोमा झुट्टा बिल बनाई भ्रष्टाचार गरेको अख्तियारको ठहर  

आयोगका प्रवक्ता भोला दाहालका अनुसार नगरपालिकाका पशु विकास अधिकृत (अधिकृत छैटौँ) अर्जुन प्रसाद यादवले बाख्राव्यवसायी पकेट कार्यक्रमको संयोजकको जिम्मेवारीमा रही कार्यक्रमको लागत अनुमान तयार गरी सम्झौता गरेको, झुट्टा बिल भरपाईबनाउने कार्यमा संलग्न रहेको, स्थलगत अनुगमन योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेश गरेको, कार्यक्रम नै सञ्चालननभएको भन्ने जानकारी हुँदासमेत सम्पन्न भएको भनी टिप्पणी आदेश तयार एवं निर्णयार्थ पेश गरी स्वीकृत भई १४ लाख ७१ हजार सय २१ माँ जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिएका छन्  

निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव, लेखापाल सरोज कुमार मण्डलले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएको भनिएकोबाख्रा व्यवसायी पकेट कार्यक्रमको लागत अनुमान स्वीकृत गरेको, कार्यादेश दिएको, कार्यक्रम नै सञ्चालन नगरी सार्वजनिक खरिदऐन, नियम विपरीत हुने गरी कार्यक्रम सञ्चालन गरेको भनी पेश गरेका नक्कली बिल भरपाई समेतलाई अनदेखा गरी भुक्तानीकोटिप्पणी आदेश स्वीकृत गरी भुक्तानी दिएको अख्तियारका प्रवक्ता दाहालले बताए  

यस्तै नगर प्रमुख सिंह, वडा नम्बर का तत्कालीन वडा अध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्यश्रीप्रसाद भगत, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार साह कोषाध्यक्ष निलम कुमारी शर्माविरुद्ध पनि मुद्दा दायरगरीएको  

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा को उपदफा () को खण्ड () बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा कोउपदफा () बमोजिम कैद बिगो बमोजिम जरिबाना गरी बिगो माग दावी लिइएको जनाएको

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780