एनआईसी एसिया बैंकमा ‘स्क्याम’ प्रकरणः १० महिनापछि प्रबन्धक यादव पुगे हिरासतमा

राजविराज – एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका आरोपित बैंकका तत्कालिन प्रबन्धक संतोशकुमार यादव प्रहरीसमक्ष उपस्थित भएका छन् ।

‘स्क्याम’पछि गत वैशाखको दोश्रो साता प्रबन्धक यादवसहितका एक दर्जन व्यक्ति विरुद्ध सरकारी कागजात, छाप र हस्ताक्षर किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जीसँगै बैंकबाट निलम्बित भएका यादव फरार थिए ।

आइतवार उनी प्रहरी समक्ष उपस्थित भएको जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रहरी उपरीक्षक गजुसिद्दी वज्राचार्यले बताए । ‘यादवमाथि सप्तरी जिल्ला अदालतबाट म्याद गराइ आवश्यक अनुसन्धान अघि बढाइको छ ।’, उनले भने ।

गत माघ २२ गते बैंकमा सरकारी कागजात किर्ते गरी बनाइएको फर्जी जग्गाधनीलाई स्वीकृत गरिएको २ करोड ८० लाख रुपैयाँमध्ये २ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरेको ‘स्क्याम’ ‘मधेशलाइभ’ ले खुलासा गरेको थियो ।

श्रोतकाअनुसार बैंकका प्रबन्धक यादवले बैंकका केही कर्मचारी, व्यवसायी, लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटरसँग मिलेर राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ ९ग० को कित्ता नम्वर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गा धनी प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालिन मलेठ गाविस वडा नं.७) की वसिरन खातुनलाई फर्जी जग्गा धनी खडा गरेका थिए ।

सोही जग्गा धनी प्रमाण–पत्रको आधारमा रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरेर गत माघ ९ गते नै घरेलु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजमा खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता भएको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’लाई ऋण प्रवाह गरेको थियो ।

‘स्क्याम’ बाहिरिएसँगै गत माघ २९ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको निर्देशनपछि भूमिसुधार तथा मालपोत कार्यालय राजविराजले सरकारी कागजात, छाप र हस्ताक्षर किर्ते भएको विषयमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो भने फागुन ११ गते अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्वर ४ को कार्यालयले पनि आवश्यक कारबाहीको लागि प्रहरीलाई पत्राचार गरेको हो । ‘स्क्याम’का अन्य आरोपित भने अझैं फरार छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780