सप्तरीबाट हतियार र दुई राउण्ड गोली वरामद

राजविराज–सशस्त्र प्रहरीले सप्तरी बलान बिहुल गाउँपालिका–४ वेल्हीबाट कटुवा पेस्तोल र गोली बरामद गरेको छ ।

आइतवार राति विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेल्हीबाट खटिएको पैदल गस्ती टोलीले चेकजाँच गर्ने क्रममा एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद गरेको हो ।

भारततर्फ जादैँ गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जना अपरिचित व्यक्तिले कपडाको पोका फ्याकेर फरार भएका थिए । उक्त पोकाबाट पेस्तोल र गोली बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनराज विष्टले जानकारी दिए ।

उनका अनुसार उक्त पेस्तोल र गोली आवश्यक कारवाहीकालागि जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा बुझाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस