अख्तियारको छानबिनपछि कार्यालय छाडे प्रमुख पण्डित (फलोअप) 

राजविराज, २४ मंसिर – पाइलैपिच्छे भइरहेको घुसखोरी धन्दाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेसँगै त्रसित बनेका भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख शिवशरण पण्डित कार्यालय छाडेका छन् ।

उनी शुक्रवारदेखि नै अनिश्चितकालका लागि विदामा बसेका छन् । कार्यालयका निमित्त प्रमुख कालीप्रसाद साहले कार्यालय प्रमुख शुक्रवारदेखि विदामा रहेको बताए ।

यद्यपी, कहिलेसम्म विदा लिएको विषयमा उनलाई जानकारी छैन् । ‘हाजिर नभएसम्मका लागि विदामा जानुभएको छ’ निमित्त प्रमुख साहले, ‘कहिले आउनुहुन्छ भन्ने कुरा मलाई थाहा छैन् ।’

सचेत नागरिक (उजुरीमा उल्लेखित नाम)ले अख्तियारमा उजुरी दिएका छन् । घुस नदिँदा समान्य कामका लागि ३–४ दिन झुलाउने गरेको, विवरण समेत गलत पार्ने गरेको, एउटा फाँटमा घुस दिएर काम गराउदा पनि अर्को फाँटबालाले लालपूर्जा दिन अनाकानी गर्दै हप्ता दिन समय लगाउने गरेको र घुस दिँदा आजको आजै काम गर्ने गरेको उजुरीमा उल्लेख छ ।

उजुरीपछि आयोगले उल्लेखित विषयहरुमा १५ दिनभित्र छानविन गरी राय प्रतिक्रियासहितको प्रतिवेदन पेस गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार गरेको छ । सोअनुसार विभागले गत आइतवार मालपोत कार्यालयमा पत्राचार गरेको छ भने गलत कामकारबाहीहरु हुन नदिन कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ । ‘कहिकत्तै भए गरेको पाइएमा अविलम्ब कारबाही अगाडी बनाउनू’ पत्रमा उल्लेख छ ।

उता, ती विषयहरुमा छानविन भइरहेको आयोग श्रोतले बताए । ‘छानविनकै क्रममा हामी स्थलगत पनि पुग्छौं’, उनले भने ।

यो पनिः

काप्र पण्डितको मालपोत मोह : सरुवा भएको महिना दिन, रमाना लिन अनाकानी

मालपोतमा पाइलैपिच्छे घुसखोरी, विभागलाई अख्तियारको पत्र

 

Author:



क्याटोगरी छान्‍नुहोस