मधेश सरकारबाट बाहिरियो माओवादी र एमाले

जनकपुरधाम–मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले बाहिरिएको छ । माओवादी केन्द्रका २ र एमालेका ६ मन्त्रीले आइतवार राजीनामा दिएका हुन् ।

माओवादी केन्द्रका उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले राजीनामा दिएका हुन् ।

उनीहरूले मधेश भवन पुगेर मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका थिए ।

त्यस्तै, एमालेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, शिक्षा तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह राज्यमन्त्री शारदा थापाले राजीनामा दिएका छन् ।

उनीहरु पनि मधेश भवन पुगेर मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका थिए भने सरकारलाई दिएको समर्थन पनि आजकै मितिबाट फिर्ता लिएको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस