मधेश सरकारले ८ जनै राज्यमन्त्रीलाई हटाइँदै

जनकपुरधाम, २९ साउन-मधेश सरकारले हालै नियुक्त गरेका ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ जनै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

साउन २२ गते प्रदेश सरकारले रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएको गरेका थिए ।

नियुक्तसॅंगै जम्बो मन्त्रीमण्डल विस्तार गरेको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।

राज्यमन्त्रीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको छ । केन्द्रको सत्तारुढ दलहरूको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउने निर्णय लिएको जनाइएको छ ।

उता, प्रदेश कार्यालयका टिकाराम उप्रेतीले ८ वटै राज्यमन्त्रीहरूलाई पदमुक्त गर्न मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको पुष्टि गरे । 

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780