पत्रकार हत्या विरुद्ध महासंघको विरोध प्रदर्शन

काठमाडौं, चैत १६: पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनका क्रममा मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीलाई कडा कारबाही गर्न माग गर्दै आज बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

शुक्रबार पूर्वराजा समर्थक समूहद्वारा गरिएको आन्दोलनका क्रममा भिडिओ खिच्ने क्रममा एभिन्यूज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको शव जलेको अवस्थामा भेटिएको थियो।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले पत्रकारहरूको सुरक्षाका लागि एकताबद्ध संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले मृतक पत्रकार रजकलाई न्याय दिलाउने प्रतिबद्धता महासंघले लिएको बताए।

विरोध प्रदर्शनमा पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँलगायतको उपस्थिति थियो। कार्यक्रममा प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर नेपालका नेताहरूले पत्रकार रजकलाई न्याय दिन र उनको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरे।

परिस्थिति बदलिएकाले महासंघको स्थापना दिवसका लागि पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी विरोध प्रदर्शन गरिएको महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिए। उनले भने, “आज महासंघका उपलब्ध केन्द्रीय सदस्यहरूको आकस्मिक बैठक बस्नेछ, जसमा आगामी संघर्षका कार्यक्रम तय गर्नुका साथै सञ्चारमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाउने निर्णय हुनेछ।”

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780