प्रिसा मृत्यु प्रकरणमा राष्ट्रिय सभाको ध्यानाकर्षण

काठमाडौं, २१ बैशाख । भारतको ओडिसा स्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत शरीर छात्रावासको कोठामा झुण्डिएको अवस्थामा फेला परेको घटनामा राष्ट्रियसभाको ध्यानाकर्षण भएको छ ।

सांसदहरूले यस विषयलाई आकस्मिक र शून्य समयमा उठाएका छन् । सभाध्यक्ष नारायण दाहालले पनि सभाबाट सरकारलाई छानबिनको निर्देशन दिँदै गम्भींर रुपमा लिएका छन् ।

सभाध्यक्ष दाहालले भने, “एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटनाहरू भइरहेका छन्, जुन अत्यन्तै दुखद पक्ष हो । यसका लागि नेपाल र भारत दुवै सरकारले पहल गर्न आवश्यक छ ।”

निष्पक्ष छानबिनको माग गर्दै, उनले थपे, “यो घटनाको गहिराइमा पुगेर खोजी गर्न, यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्ने वातावरण निर्माण गर्न र प्रिसा साहलाई न्याय दिने जिम्मेवारी सरकारले लिनुपर्छ ।” सभाध्यक्षले विद्यार्थीहरूको लागि सुरक्षित र निर्भीकतासाथ अध्ययन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गर्न पनि आग्रह गरे ।

छात्रा साह विहीबार साँझ आफ्नै कोठामा मृतअवस्थामा फेला परेकी थिइन् । यसअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको आइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रिसाको होस्टेलको कोठामा मृत अवस्थामे फेला परेको घटनाप्रति मर्माहत भएको जनाएकी थिइन् । प्रिसा साहको मृत्युको घटनाले सबैलाई चिन्तित तुल्याएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780