मधेश प्रदेश सरकारको २०८२/८३ को  कुल बजेट ४६ अर्ब ५८ करोड

जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशको आन्तरिक आय र संघीय सरकारबाट प्राप्त अनुदान तथा स्रोतहरू समेटेर बजेट प्रस्तुत गरिएको हो।

खर्चको संरचना :

बजेटमध्ये चालू खर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार रुपैयाँ (३५.८९%) छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार रुपैयाँ (६४.११%) विनियोजन गरिएको छ।
यो बजेट चालु आर्थिक वर्षको तुलनामा ६.१३ प्रतिशतले वृद्धि भएको हो।

स्रोत व्यवस्थापन :

आन्तरिक राजस्व: ९ अर्ब ५० करोड ८३ लाख

वित्तीय समानीकरण अनुदान: ७ अर्ब ७२ करोड १९ लाख

सशर्त अनुदान: ४ अर्ब २६ करोड १८ लाख

विशेष अनुदान: ३९ करोड ४५ लाख

समपूरक अनुदान: ३५ करोड ८२ लाख

संघीय राजस्व बाँडफाँट: १२ अर्ब ३४ करोड ४५ लाख

गत वर्षको मौज्दात: १० अर्ब ३८ करोड २ लाख ५१ हजार

आन्तरिक ऋण: २ अर्ब:

प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूलाई यसरी बजेट बाँडफाँट गरिएको छ:

भौतिक पूर्वाधार विकास: १५ अर्ब ८८ करोड

स्वास्थ्य तथा जनसंख्या: ६ अर्ब ४५ करोड

ऊर्जा, सिंचाई तथा खानेपानी: ४ अर्ब ४१ करोड

शिक्षा तथा संस्कृति: ३ अर्ब ५७ करोड

उद्योग, वाणिज्य तथा पर्यटन: ३ अर्ब ८ करोड

कृषि तथा पशुपन्छी: २ अर्ब ८३ करोड

वन तथा वातावरण: २ अर्ब ३७ करोड

खेलकुद तथा सामाजिक कल्याण: १ अर्ब ६८ करोड

गृह, सञ्चार तथा कानुन: ६४ करोड ८९ लाख

श्रम तथा यातायात: ५७ करोड १४ लाख

प्रदेश सरकारले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि तथा पर्यटनलाई प्राथमिकता दिएको देखिन्छ। बजेटले विकास र सेवा प्रवाहबीच सन्तुलन कायम गर्न खोजेको छ भने वित्तीय अनुशासन र स्रोत परिचालनमा सुधारको अपेक्षा गरिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस