‘हेल्दी स्कूल’ अभियान अन्तर्गत विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

धनुषा, २७ असार । धनुषाको क्षेत्र नम्बर २ अन्तर्गत विदेह नगरपालिका–२, बफैस्थित  सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको  शुक्रबार  निःशुल्क स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि वितरण गरिएको छ ।

‘मानव जीवनको प्रमुख आधार स्तम्भ शिक्षा’ भन्ने मूल नाराका साथ प्रदेशसभा सदस्य रामअशिष यादवले सञ्चालन गरेको ‘हेल्दी स्कूल’ अभियान अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि वितरण गरिएको हो । स्वास्थ्य परीक्षण कार्यक्रम डा. निरञ्जन कुमार गोईतको संयोजनमा सम्पन्न कार्यक्रममा दन्त रोग विशेषज्ञ डा. उमेश यादव, डा. दीपक साह, डा. रामबाबु यादव, डा. दिलीप यादव, डा. कृष्णपाल महतो, डा. राजीव यादव र डा. बुधराम यादव सहितको चिकित्सक टोली संलग्न रहेको विद्यालयका प्रधानाध्यापक मलेश्वर उपाध्यायले जानकारी दिएका छन् ।

स्वास्थ्य परीक्षणपछि आवश्यक औषधिहरू विद्यालयमै वितरण गरिएको छ । प्रदेशसभा सदस्य यादवका अनुसार बालबालिकाको स्वास्थ्यप्रति अभिभावक र विद्यालय दुवैलाई सचेत गराउँदै, अध्ययनमा सकारात्मक प्रभाव पार्ने अपेक्षाका साथ अभियानलाई निरन्तरता दिइएको छ । विद्यालय परिवारले यस्ता कार्यक्रमले विद्यार्थीहरूको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । अभियान सञ्चालन भएयता क्षेत्रका विद्यालयहरुमा व्यापक सुधार आएको प्रधानाध्यापक उपाध्यायले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस