देशमै मल उत्पादन सम्भावनाको बहस बकवास मात्र

जयप्रकाश आनन्द

“यथेष्ट बिद्युत उत्पादन नहुनु वा यसको अभाव नै रसायनिक मल उत्पादन हुन न सक्नुको कारण हो ।” –हाम्रो नीति निर्माताहरूको यो स्थापित बुझाई हो ।

किसानका भेलाहरूमा बोल्ने गरेका प्रधानमन्त्रीहरूले, अर्थमन्त्री, कृषि मन्त्री परराष्ट्र मन्त्रीहरूले समेत स्रोताहरूलाई आश्वस्त पार्न भन्ने गरेका हुन्छन् कि अबको थोरै समयमा हामी प्रशस्त जलविद्युत उत्पादन गर्नेछौं, तत्पश्चात मनग्य रसायनिक मल मुलुकमै उत्पादन हुनेछ । प्रायसः बजेटकालिन छलफलका दौरान संसद यस्तै बहसमा बहकिएको हुन्छ ।

यदि तेसो नै हो भने बिद्युतको अपेक्षाकृत सस्तो मोल रहेको र प्रचुर बिद्युत उत्पादन हुने चीन, भारत, अमेरिका, साउदी अरब, जापान, कोरिया, ईन्डोनेशिया जस्ता मुलुकहरूमा रसायनिक मलको उत्पादन लागत किन महँगो रहेको त ? यता ध्यान गएको देखिन्न ।

रसायनिक मल, जो मूलतः नाइट्रोजनयुक्त मल हो । जस्तै युरिया, अमोनियम नाइट्रेट आदि । यसको सबैभन्दा ठुलो उत्पादक चीन हो । यसपछि संसारकै दोस्रो ठुलो उत्पादक भारत हो, बिशेषतः युरियामा । यसपछि संयुक्त राज्य अमेरिका, जहाँ संसारकै सर्वाधिक बढी नाइट्रोजन, फस्फोरस र पोटासको उत्पादन हुन्छ । यसपछि रूस, क्यानाडा, ब्राजिल, ईन्डोनेशिया र साउदी अरेबिया हो ।

नेपालका विद्वान नीति निर्माताहरूले सजिलै बुझ्नुपर्ने कुरा के हो भने रसायनिक मल भनेर युरिया, डिपिए, पोटास बोल्न जान्नु भन्दा पहिले यो जान्नु जरूरी छ कि युरिया, एसएसपी, पोटास आदिका लागि नाइट्रोजन, अमोनियम नाइट्रेट, फस्फोरस, सुपर फस्फेट, पोटासियम क्लोराइडको मुलुकमा आफ्नै उत्पादन हुनुपर्दछ । यो बेगर जति नै बिद्युत उत्पादन भए पनि काम छैन । बिद्युत यी रसायनहरूलाई प्रोसेस गरी मलमा रूपान्तरण गर्नका लागि मात्र हो ।

नेपालको संसद बहकिएको छ । बकवास बोलक्कडपनामा बौरिएको छ । यसले अहिलेको अबस्थामा मुलुकमा मल उत्पादनको क्षीण संभावनाको यथार्थलाई बिर्सेको छ ।

बन्धुहरू ! बरू यसमा केन्द्रीत हुनुस् कि कृषि मन्त्रीले संसदमा बोलेको “हामीसँग प्रशस्त रसायनिक मल स्टकमा छ”– यो मल खेतमा बाली डढुन्जेलसम्म किसानले किन पाउदैनन् त ? सधैं यस्तै किन दोहोरिन्छ ! (लेखक आनन्द, वरिष्ठ राजीतिज्ञ एवम् विश्लेषक हुन् ।) source: facebook 

Author:



क्याटोगरी छान्‍नुहोस