काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको विधानको धारा २५ (ध) तथा पार्टीको शुभेच्छुक संगठन राष्ट्रिय प्रेस मञ्च नेपालको विधानको धारा १३९ को उपधारा २९ अनुसार सरोज कुमार मिश्र (खिलाडी) लाई राष्ट्रिय प्रेस मञ्च नेपालको केन्द्रीय अध्यक्षमा मनोनयन गरिएको छ।
पार्टी नेतृत्वद्वारा जारी औपचारिक पत्रमार्फत मिश्रलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। पत्रमा संगठनको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने अपेक्षा व्यक्त गरिएको छ।
पार्टीले राष्ट्रिय प्रेस मञ्चलाई सशक्त, क्रियाशील र जनमुखी संगठनका रूपमा अघि बढाउन नवनियुक्त अध्यक्षको भूमिका महत्वपूर्ण रहने जनाएको छ। साथै पत्रकारिता क्षेत्रमार्फत पार्टीका नीति, विचार, सिद्धान्त तथा राष्ट्रिय मुक्ति आन्दोलनलाई जनस्तरसम्म पुर्याउने कार्यमा मञ्चको सक्रियता अपेक्षित रहेको उल्लेख गरिएको छ।
पत्रकारिता तथा सामाजिक–राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय मिश्रको अनुभव र नेतृत्व क्षमताले संगठनलाई संस्थागत रूपमा सुदृढ बनाउने अपेक्षा गरिएको छ।