राजविराज । सप्तरीको राजविराज नगरपालिका–३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–४ निवासी करिब २५ वर्षीय गजेन्द्र दास रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार मंगलवार बिहान माछा मार्ने उद्देश्यले पोखरीमा पसेका दास अचानक डुबेको थिए । स्थानीयका अनुसार दासले पोखरीमा दुई पटक माछा मारेर बाहिर आएका थिए। तर तेस्रो पटक पुनः पोखरीमा पस्दा उनी डुबेको थिए ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गोताखोरसहितको टोलीले पोखरीमा खोजी कार्य सुरु गरेको थियो। करिब चार घण्टासम्मको प्रयासपछि सुरक्षाकर्मीले दासको शव फेला परेको छ । शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ ।