
नित्यानन्द मण्डल
छोरी भएर जन्मिनु अपराध हो ? के छोरी जन्माउनु पनि अपराध हो ? होइन भने हामी किन यतिविग्घन नृससः मध्ययूगिन पासविक तथा क्रुर हँुदै गइरहेका छौं । हाम्रो संवेदनशीलता किन यति तीव्र रुपमा स्खलति हँुदै गइरहेको छ । विषय एकदम्मै संवदेनशील अवश्य नै हो । नेपाल र भारत दुवै देशमा यस विषयमा गम्भीर एवं गहन बहस जारी छ । झन् यतिखेर नेपाल भइरहेको बलात्कार, एसिड खन्याउने, मार्ने, जीउँदै जलाउने जस्ता बर्बर, भयानक, हिँसात्मक बारदातले सम्पूर्ण मानव जगतलाई गिज्जाएको मात्रै होइन विषयको सान्दर्भिकतालाई समेत अझै बढाएको प्रतित हुन्छ ।
यसैसेरोफेरोमा रहेर हाम्रो समाजमा व्याप्त केही उखान तुक्कातर्फ यहाँहरुको ध्यानाकर्षण गराउन चाहन्छु । यी जम्मै कथित पुरुषसत्ताले स्थापित गरेको अवधारणा हुन् । यथा–“बेटा जन्मेतहि धरती साँवा हाथ उपर उठैत छैक” । अर्थात् छोरी जन्मिनुले धर्ती पनि काम्छ । “ई जे जनितिए त छठिहारे रातिमे नुन चट्टाक मारि दितिअ” । अब त छठिहारि राति पनि पर्खिनु पर्दैन्, भु्रण पहिचान गरी दिनहँु हत्या श्रृखँलाको उद्यम अपत्यारिलो छ ।
“बेटी जन्मे नहिँ करमे डेराए,” “बेटी बान्हब आ हाथी राखब एक्के बात
” “ बेटी अजग्गी भ गेलैए” “बेटी आ घोडा देश देखैय हई ” “ धीया सासुरहिमे नीक बाद स्वर्गेहिमे नीक” “ बाबाक पगरी बचाकऽ रखहि हे”
“ सभके मोछ उखारि लेलकै” “ नाक कान कट्टा देलकै” “ कुलक्षणी भ गेलैए” लाग्छ भएभरका सबै उखान तुक्का छोरीकै लागि बनाइएको हो । “ लडकी हँसी तो फसी ” लाग्छ छोरीलाई कहिल्यै हाँस्नु नै हुँदैन् । अनि किन भनियो त “यत्रनार्यस्तु पुज्यन्ते तत्र रमन्ते देवता ?” र,त अनुहारमा एसिड छर्केर मारिएका त्रासदीपूर्ण घटनाले समाजका विद्रुप तस्वीरलाई गिज्जाएको छ ।
स्त्रीशक्तिको कल्पना एकातर्फ छ, शक्तिहीन स्त्रीको वास्तविकता अर्कातर्फ । बाहिरबाट गरिने पूजा एउटा छ, भित्री आराधना अर्कै । पोस्टर तथा माटाका देवी पुजिन्छ तर व्यवहारमा तिनै उपर प्रहार गर्ने गरिएको यथार्थबाट आँखा चिम्लिन सकिँदैन् ।
समलिँगीहरुको अधिकारबारे लेख्न गे हुनु पर्दैन । महिलाहरुको अधिकार प्राप्तिको संघर्षमा सघाउन महिला हुनु पर्दैन । दलितहरुको पक्षमा बोल्न दलित हुनु पर्दैन । विपरित लिंगीले समलिङगी, पुरुषले महिला र गैर–दलितले दलितको पक्षमा बोल्न थाले मात्र बल्ल नेपालमा वास्तविक लोकतन्त्रको अभ्यास हुनेछ ।
दलित, महिला, समलिँगी लगायतका आन्दोलन तिनै समुदायकाहरुको नेतृत्वमा हुनु पर्छ, हामी गैरदलित, विपरितलिङ्गी पुरुषहरुले पछाडी बसेर दमदार सहयोग गर्नु पर्छ तर नेतृत्व लालसा त्याग्नु पर्छ । कुनैबेला पति, परमेश्वर तथा पुर्पुरोमा विश्वास गर्ने नेपाली महिलाहरु पहुँच, प्रतिनिधित्व, प्रतिस्पर्धा, प्रगतिको पथमा ठोस कदम बढाउन थालेका छन् ।
र, त आजसम्म प्राप्त गरेका महिलाहरुका उपलब्धीको सराहना गर्दै सस्थागत गर्नकालागि आवाज उठाउने र कमीभएका उपलब्धिको लागि संघर्ष गर्ने महत्वपूर्ण अवसर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सबैमा हार्दिक बधाई एवं शुभकामना ।
Image: AI Generated