सप्तरीकी पूजा साह ‘द मिसेस नेशनल–२०२६’ घोषित

काठमाडौँ । विवाहित महिलाहरूको व्यक्तित्व, क्षमता र प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित ‘द मिसेस नेशनल–२०२६’ को उपाधि सप्तरीकी पूजा साहले जितेकी छन्।

शनिबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ग्रान्ड फिनालेमा साह शीर्ष उपाधि चुम्न सफल भएकी हुन्। उनी बीबीएसमा अध्ययनरत छिन् । क्रिजोना मिडिया प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा लक्ष्मी बोहोराले ‘द मिसेस नेशनल प्लेटिना’ तथा अप्सरा सुवेदीले ‘द मिसेस नेशनल क्लासिक’को उपाधि प्राप्त गरे।

यसैगरी जानकी देवी ‘भ्यूअर्स च्वाइस अवार्ड’ र निरु हाङ्सारुम्बा लिम्बु ‘मोस्ट पपुलर अवार्ड’बाट सम्मानित भएकी छिन् । प्रतियोगितामा विभिन्न विशेष उपाधिसमेत प्रदान गरिएको छ । सुष्मा केसी ‘मोस्ट कन्फिडेन्ट’, पवित्रा फुयाँल ‘मोस्ट इन्स्पिरेसनल’, शान्ति शाही ‘मोस्ट करेजियस’ तथा श्रद्धा श्रेष्ठ बोहोरा ‘मोस्ट क्रिएटिभ’ घोषित भइन् । त्यस्तै किसु सुनारले ‘बेस्ट पर्सनालिटी’, भवानी जिरेलले ‘मोस्ट फ्रेन्ड्ली’ तथा बिना लिम्बुले ‘मोस्ट ट्यालेन्टेड’ र ‘बेस्ट वाक’ उपाधि प्राप्त गर्न सफल भएकी छिन् ।

यस्तै नीतु मिश्र ‘मोस्ट इन्करेजिङ’, अप्सरा सुवेदी ‘मोस्ट फोटोजेनिक’, निरु हाङ्सारुम्बा लिम्बु ‘बेस्ट पब्लिक स्पिकर’, जानकी देवी ‘मोस्ट एलिगेन्ट’, पूजा साह ‘मोस्ट डिसिप्लिन्ड’, लक्ष्मी पाख्रिन ‘मोस्ट ग्रेसफुल’ तथा लक्ष्मी बोहोरा ‘बेस्ट फिगर अवार्ड’बाट सम्मानित भएकी छिन्।

प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता रवि डंगोल, सामाजिक अभियन्ता तथा सार्वजनिक व्यक्तित्व नानु सिंह र नेपाल एसोसिएसन अफ टुर अपरेटर्सका निर्देशक विश्वेश श्रेष्ठ थिए।

Author:



क्याटोगरी छान्‍नुहोस