सप्तरीका सन्नु कुमार नेपालका शीर्ष कलाकारमा पहिलो, भिटेन दोस्रो, बालेन तेस्रो

राजविराज । नेपालका आर्टिस्टहरुको सूची क्रममा सप्तरी निवासी मैथिली गायक सन्नु कुमार पहिलो स्थानमा आफूलाई उभ्याउन सफल भएका छन् ।

भाइब्रेट डट्कमले टप आर्टिस्ट फ्रम नेपालको सूचीमा कलाकारहरूको क्रम भाइब्रेट पपुलरिटी स्कोरका आधारमा निर्धारण गरेको हो । भाइब्रेट डट्कमका अनुसार नेपालका प्रधानमन्त्री समेत रहेका गायक बालेन अर्थात बालेन्द्र शाहलाई समेत पछि पार्दै सन्नु पहिलो स्थान प्राप्त गर्न सफल भएका हुन् । भाइब्रेटका अनुसार दोस्रो स्थानमा भिटेन छन् भने तेस्रो स्थानमा बालेन छन् ।

सन्नु कुमारको भ्यूअर ४४४.५ के अर्थात चार लाख चौवालिस हजार पाँच सय देखाइएको छ भने दोस्रो स्थानमा रहेका भिटेनको भ्यूअर ४१४.१ के (चार लाख चौध हजार एक सय) रहेको छ । यसैगरी र्याप गायक समेत रहेका बालेनको तीन लाख अठासी हजार चार सय भ्युअर रहेको देखाइएको छ ।

यसैगरी सुशान्त केसी चौथो, सज्जनराज वैद्य पाँचौँ, यबेश थापा छैठौँ, मेलिना राई सातौँ, तिर्सना गुरुङ्ग आठौँ, जोन राई नवौँ र प्रकाश सपुत दशौँ स्थानमा छन् । दर्शकले हेरेको भिडियो आधारमा तयार गरेको उक्त सूचीमा क्रमश अन्य गायकहरुको नाम तथा भ्यूज समेत राखिएको छ ।

मैथिली गीतसंगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल युवा गायक सन्नु कुमार युट्युबको उत्कृष्ट सूचीमा समेत पर्दैआएका छन् । उनले मैथिली, भोजपुरीसँगै नेपाली र हिन्दी भाषामा समेत गीत गाएका छन् ।

उनका आधिकारिक सामाजिक सञ्जाल तथा संगीत प्लेटफर्मका प्रोफाइलहरूले उनलाई नेपालका चर्चित गायको रूपमा परिचय गराएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ३ स्थित सकरपुरा निवासी उनी निक्कै सङ्घर्ष गरेर सफलताको सिँढी उक्लिदै गएका छन् । सामान्य परिवारमा जन्मिएका सन्नु सानैदेखि गीतसंगीतमा रुची राख्दैआएका थिए । गीतकार भूषण सिंह भँवरको गीत ‘आइ दिल कइह रहल अइछ’ स्टुडियोमा रेकर्ड गरिएको पहिलो गीत हो ।

मैथिली गायकको रुपमा पहिचान बनाएका उनले प्रेम, विरह, रोमान्टिक तथा आधुनिक गीतहरु गाएर दर्शकमाझ अत्यधिक प्रसिद्धि पाएका छन् । सप्तरीको भारदह निवासी बलिउडका प्रसिद्ध पाश्र्वगायक उदितनारायण झा पछि सर्वाधिक प्रसिद्धि पाउने गायक सन्नु कुमार हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस