रसुवा बाढी : ७५२ जनाको शव फेला, २ हजार ७५२ जना सम्पर्कविहीन

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको विनाशकारी बाढी तथा पहिरोमा परी ७५२ जनाको शव फेला परेको छ ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार २ हजार ७५२ जना अझै सम्पर्कविहीन रहेका छन् ।

विपद्मा परी २३८ जना घाइते भएका छन् भने हालसम्म ८ हजार ६३० जनाको उद्धार गरिएको छ ।

फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ४०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, चितवनमा २५९ र तनहुँमा ३६ जना रहेका छन् ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी २५, नेपाली सेना ४५, सशस्त्र प्रहरी १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवाका ५६२, नुवाकोटका ११५, जलविद्युत् आयोजनाका १३३, मकवानपुरका ६५, विदेशी नागरिक ५९२ तथा नेपाली पर्यटक १२७ जना रहेको विवरणमा उल्लेख छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा १९ हजार ८८५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरी ७ हजार २९३, नेपाली सेना ८ हजार ३८९ र सशस्त्र प्रहरी ४ हजार २०३ जना छन् ।

उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ । विपद्पछि विभिन्न स्थानमा सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस