अमरेशको टिप्पणी– ‘बालेन नेतृत्वको सरकार तासको पत्ता जस्तै’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति कडा असन्तुष्टि जनाउँदै यसलाई ‘तासको पत्ता’सँग तुलना गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले सरकार गठन भएयता नै मधेसी समुदायमाथि विभेद र प्रहार भइरहेको आरोप लगाए। मधेसी जनताको समर्थनमा सरकार निर्माण भए पनि उनीहरूका आधारभूत समस्या समाधानमा सरकार गम्भीर नदेखिएको उनको भनाइ थियो। अस्पतालमा उपचार तथा प्रसूति सेवाका लागि पुगेकी बविताले अस्पतालभित्र बस्ने ठाउँ नपाएर बाहिरै सुत्केरी हुनुपरेको घटनाले आफूलाई दुःखी बनाएको उनले बताए।

उनले मधेसीलाई हेप्ने प्रवृत्ति कायम रहे सरकारको भविष्य राम्रो नहुने चेतावनी दिए। साथै, दीपककुमार साहको बर्खास्तीदेखि गौरीकुमारी यादवसँग जोडिएका विषयसम्ममा मधेसीप्रति अन्याय भएको उनको आरोप थियो। बर्दिबास मेडिकल कलेज निर्माणको विषयमा समेत सरकारले मधेसीको अपेक्षा पूरा गर्न नसकेको सिंहले बताए। रसुवा बाढीपछिको उद्धारमा ढिलाइ, किसानलाई मलको अभाव तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा देखिएको कमजोरीप्रति पनि उनले सरकारको आलोचना गरे।

प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरूको कार्यशैलीले सरकार कमजोर बन्दै गएको उनको निष्कर्ष थियो।

Author:



क्याटोगरी छान्‍नुहोस