जनकपुरधाम । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा वृद्धि गरेको छ । नयाँ बजेटमार्फत स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि गरी १२ हजारको घोषणा गरेका छन् ।