आइसोलेसनको अवस्थाप्रति मन्त्री साहको चासो

राजविराज । सप्तरीस्थित आइसोलेसन व्यवस्थापनमा देखिएको कमी कमजारीको विषयमा चौतर्फी आलोचना हुन थालेपछि प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।

मंगलवार भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले साइकृष्णा अस्पताल राजविराजस्थित आइसोलेसनस्थल पुगेर वस्तुस्थितीबारे जानकारी लिएका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रञ्जितकुमार झासहितका सम्वन्धित व्यक्तिहरुसँग भेटघाट गरी आइसोलसन तथा जिल्लामा बढ्दो कोरोना संक्रमणको अवस्थाबारे मन्त्री साहले जानकारी लिएका हुन् ।

‘सप्तरीमा तीव्र रुपमा कोरोना संक्रमित बढिरहेको छ र संक्रमितहरुलाई उपचारार्थ भर्ना गरिने जिल्लाको एक मात्र आइसोलेसनको व्यवस्थापनमा पनि कमी कमजोरी भइरहेको मिडियाहरुबाट जानकारी भयो’ मधेश लाइभसँग कुरा गर्दै मन्त्री साहले भने–‘संक्रमण नियन्त्रण गर्न अहिले पिसीआर परीक्षणको दायरा विस्तार गर्नु पनि आवश्यक छ, जसकालागि पनि गृह कार्य भइरहेको पनि जानकारी पाए ।’

सोही क्रममा आइसोलेसन व्यवस्थापनमा पनि केही समस्या रहेको तथा त्यसलाई व्यवस्थित गर्ने सवालमा पनि सुधार कार्यहरु भइरहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा.झाबाट जानकारी पाएको मन्त्री साहले बताए । ‘आइसोलेसनलाई व्यवस्थित गर्नु बाहेकको विकल्प पनि छैन’ उनले भने–‘संक्रमित केही विरामीहरुमा लक्षण पनि देखिन थालेको डा.झाबाट जानकारी पाए, उहाँहरुलाई राख्न अर्कौ आइसोलेसनको व्यवस्थापन गर्नुपर्ने पनि जरुरी छ।’

आइसोलेसन व्यवस्थापनमा हेलच्क्राइ नगर्न मन्त्री साहले निर्देशन समेत दिए । ‘अहिले कुनै पनि तवरले हेलच्क्राइ गर्ने बेला छैन्, गम्भिर भएर कार्य गर्नुस्’ उनले भने–‘महामारी नियन्त्रण गर्न प्रदेश सरकारले हरेक तवरबाट सहयोग गरिरहेकै छ, आवश्यकताअनुसार थप सहयोग गर्न पनि तयार छ’ उनले भने–‘यसकासाथै कोरोना नियन्त्रण गर्न सर्वसाधारणको सहयोग र साथ पनि आवश्यक छ ।’

सप्तरी निवासी मन्त्री साहले आ–आफ्नो ठाउँबाट सघाउन सर्वसाधाणमा अपिल समेत गरे । ‘अत्यावश्यक काम बाहेक घरमै बसेर संक्रमण नियन्त्रणमा सहयोग गर्नुस् र संक्रमित हुनबाट बच्न तथा बचाउनकालागि सरकारद्वारा निर्देशित नियमहरुको पालना गर्नुस्’, मन्त्री साहले भने ।

#मन्त्री साह      #आइसोलेसन

Author:



क्याटोगरी छान्‍नुहोस