जसपा ‘हेड काउन्ट’: यादवको पक्षमा दुई तिहाइ

जनकपुरधाम । जनता समाजवादी पार्टीको आधिकारिकताका लागि अध्यक्ष उपेन्द्र यादवको पक्षमा दुई तिहाइ सदस्‍यले सनाखत गरेका छन् । ५१ सदस्यीय कार्यकारिणी समिति रहेको जपसाका ३४ जना सांसदले आफूहरूको पक्षमा हस्ताक्षर गरिसकेको अध्यक्ष उपेन्‍द्र यादवले जानकारी दिए । उनकाअनुसार यादवका डिल्लीबजारस्थित कारागारमा रहेका रेशम चौधरीलाई सनाखत गराउन आयोगमा ल्याउने तयारी भइरहेको छ । उनले चौधरी आएसँगै आफ्नो पक्षमा ३५ जना कार्यकारिणी सदस्य पुग्ने दाबी गरे ।

आज नेताहरूको सनाखतपछि आयोगको इजलास बसेर आधिकारिकताबारे निर्णय गर्नेछ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो । ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो ।

दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए । पछिल्लो पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गर्ने निर्णय गरेका थिए । यादव पक्षले सरकारमा सहभागिता जनाउने निश्चित भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780