विराटनगर, ९ फागुन । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । भोक्राहाको नर्सिङ गाउँपालिका ५ स्थित एम्वुलेन्सको ठक्करबाट इनरुवा नगरपालिका ५ कि ३८ वर्षीया निर्मला उरावको मृत्यु भएको हो ।
प्रदेश २-०१-००१ झ ००२८ नम्वरको एम्वुलेन्सले प्रदेश १-०२-०४१ प २१५५ नम्वरको स्कुटरलाई ठक्कर दिदा गम्भीर घाइते भएकी स्कुटर चालक उरावकी इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार एम्वुलेन्स र चालकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको छ ।