वातावरण र जलवायु संरक्षणमा युवाको भूमिका अपरिहार्य : मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेशल प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वातावरण तथा जलवायु संरक्षणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन् । आइतवार जनकपुरधाममा आयोजना गरिएको वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा कार्यक्रमको समुदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री राउतले वातावरण संरक्षणमा युवाहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताए । निरन्तर चुरे क्षयीकरणका कारण मधेश प्रदेश प्राकृतिक विपदको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले चुरे संरक्षणको साथै अन्य वातावरणीय संरक्षणका लागि प्रदेश सरकार संम्वेदनशिल रहेको बताए ।

उनले कार्यक्रम आयोजक संस्था क्रिएशनले मधेश प्रदेशबाटै कार्यक्रम शुरु गर्न लागेकोमा संस्थालाई धन्यवाद दिँदै प्रदेश सरकारबाट हुनसक्ने हरेक खालका सहयोग गर्ने प्रतिबद्धता जनाए । मधेशका १० वटा स्थानीय तहबाट शुरु हुन लागेको सो कार्यक्रम वातावरण तथा जलवायु संरक्षणमा युवाको सहभागितालाई जोड दिइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस