तराई र चुरे क्षेत्रमा गर्मी बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको छ । तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

यसैबीच, देशको पहाडी भू–भागका थोरै स्थानमा आज पनि मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहँदा आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ ।

देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली  रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780